बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर


लन्डन ।

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेपछि धेरै देशका नेताहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

लण्डनस्थित बेलायती शाही परिवारको आधिकारिक निवास बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै प्रोस्टेट ग्रन्थीको हालैको परीक्षणमा चार्ल्सलाई क्यान्सर भएको पाइएको जनाएको थियो ।

७५ वर्षीय चार्ल्सलाई कस्तो प्रकारको क्यान्सर भएको बताए पछि उनको उपचार सुरु भएको र उनी पूर्ण रूपमा खतरामुक्तरहेको बताइएको छ ।

चार्ल्सको स्वास्थ्यको खबर आएलगत्तै बेलायती प्रधानमन्त्री ऋषि सुनकले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन । सुनकले एक्समा भने, ‘मलाई कुनै शङ्का छैन कि उहाँ कुनै समयमै पूर्ण शक्तिमा फर्कनु हुनेछ र मलाई थाहा छ सम्पूर्ण देश उहाँको स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको छ।’

बेलायतका राजाले नियमित उपचार सुरु गरेका छन् र सार्वजनिक कार्यक्रम स्थगित गर्न सल्लाह दिइएको छ।

पूर्व बेलायती प्रधानमन्त्रीहरू लिज ट्रस, बोरिस जोनसन र सर टोनी ब्लेयरले पनि यस्तै सन्देशहरू पोस्ट गरेका छन । जोनसनले भनेका छन, ‘आज सम्पूर्ण देश राजाको साथमा हुनेछ ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफू चार्ल्सको बारेमा चिन्तित रहेको जनाउँदै उनीसँग फोनमा कुरा गर्ने बताएका छन । विश्वका धेरै राष्ट्र र सरकार प्रमुखले बेलायती राजाको स्वास्थ्य अवस्थालाइ लिएर चिन्ता र चासो ब्यक्त गरेका छन् ।