पृथ्वीनारायण शाहका नाममा नन्दराज सङ्ग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना

पृथ्वीनारायण शाहका नाममा नन्दराज सङ्ग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना


सप्तरी ।

मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराजले नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहका नाममा सप्तरीको कञ्चनरुपस्थित नन्दराज सङ्ग्रौला क्याम्पस रूपनगरमा छात्रवृत्ति कोष स्थापना गरेका छन्।

समुदायद्वारा सञ्चालित क्याम्पसमा आयोजित एक समारोहबीच उनले एक लाख एक हजार रुपैयाँको ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ स्थापना गरेका हुन्।

डा. अहिराजले गाउँका विद्यार्थीका लागि केही गरौँ भन्ने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरेको बताए।

‘जीवन सार्थक बनाउन मानिसले आफ्नो आर्जनको न्यूनतम् १० प्रतिशत सामाजिक सेवामा लगाउनुपर्छ’, उनले भने, ‘त्यही हेतु मैले मेरो गाउँको विद्यालयमा छात्रवृत्ति कोष खडा गरेको छु।’

क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहन्दार विद्यार्थीलाई उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले आरम्भ गरिएको अक्षय कोषको रकमबाट प्राप्त बैंंकको ब्याजबाट छात्रवृत्ति उपलब्ध गराइने क्याम्पसले जनाएको छ।

अक्षय कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य लिइएको क्याम्पसका प्रमुख प्राध्यापक दीपककुमार गजुरेलले जानकारी दिए।