कोशी प्रदेश र पहिचान पक्षधरबीच ५ बुँदे सहमति

कोशी प्रदेश र पहिचान पक्षधरबीच ५ बुँदे सहमति


विराटगर ।

कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ ।

बिहीबारदेखि विराटगरको एक होटेलमा भएको वार्तामा शुक्रबार दिउँसो पाँच बुँदे सहमति भएको हो ।

पुन: नामकरणका विषयमा सहमति हुने वातावरण बनाई दुवै पक्षबाट संविधानसम्मत राजनीतिक एवं छलफल अगाडि बढाउने उल्लेख छ ।

सहमतिमा घाइतेहरूको उपचार सरकारले गर्ने, पक्राउ परेका पहिचानवादी नेता तथा कार्यकर्तारूलाई विनासर्त रिहा गर्ने र मुद्दा फिर्ता लिने उल्लेख छ ।

यस्तै, फागुन १० गतेभित्र बस्ने गरी अर्को वार्ताको समय र स्थान निर्धारण गर्ने सहमति पनि भएको छ ।