कोसीमा को को बन्दैछन् मन्त्री ?

कोसीमा को को बन्दैछन् मन्त्री ?


विराटनगर ।

कोसी सरकारको मन्त्र‍िपरिषद् आज विस्तार हुँदै छ । मन्त्रिपरिषद् विस्तारअघि सरकारले आन्दाेलनरत पहिचान पक्षधर समूहसँग ५ बुँदे सहमति गरेकाे छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

स्रोतका अनुसार कार्की नेतृत्वको सरकारमा मन्त्रालयका लागि नेपाली कांग्रेसबाट प्रदीप सुनुवार, इन्दिरा थापा, रामकुमार खत्री र नेकपा माओवादीबाट नारायण बुर्जा मगर, राजेन्द्रकुमार कार्की नयाँ अनुहार हुनेछन् ।

स्रोतका अनुसार कांग्रेसका सुनुवारले स्वास्थ्य मन्त्रालय, थापाले आर्थिक मामिला तथा योजना राज्यमन्त्री, खत्रीले उद्योग, कृषि सहकारी मन्त्रालयको जिम्मेवारी वहन गर्ने भएका छन् ।

त्यसैगरी, माओवादीका उदयपुरका मगरले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय र कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी वहन गर्नेछन् ।

नवनियुक्त मन्त्रीहरूकाे शपथ अपराह्न ४ बजे हुनेछ ।