बिमा बोर्डका निर्देशक बसौलालाई पदबाट नहटाउन अन्तरिम आदेश

बिमा बोर्डका निर्देशक बसौलालाई पदबाट नहटाउन अन्तरिम आदेश


काठमाडौं ।

सर्वोच्च अदालतले बिमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइ दायर रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको हो। बसौलालाई स्वास्थ्य मन्त्री ​मोहनबहादुर बस्नेतको सिफारिसमा मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो।

सो निर्णयविरुद्ध ​बसौलाले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतले अन्तरिम आदेशका विषयमा छलफल गर्न दुबै पक्षलाई बोलाएको छ।