काेसीमा थपिए ४ मन्त्री र २ राज्यमन्त्री

काेसीमा थपिए ४ मन्त्री र २ राज्यमन्त्री


विराटनगर ।

कोसी सरकारका मुख्यमन्त्री केदार कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले  थप ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका हुन् । स्वास्थ्य मन्त्रीमा कांग्रेसका प्रदीप सनुवार, सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा माओवादीका नारायणबहादुर बुर्जामगर नियुक्त भएका छन् ।

यस्तै ,आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला  तथा कानुन राज्यमन्त्रीमा सुनिताकुमारी गुरूङ नियुक्त भएका छन् । उनीहरू दुवै कांग्रेस सांसद् हुन् ।

उनीहरूकाे पद तथा गोपनीयताको शपथ केही बेरमा हुँदै छ ।

यसअघि मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधारमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राईलाई नियुक्त गरेका थिए ।