सडक डिभिजन कार्यालयमा आगलागी

सडक डिभिजन कार्यालयमा आगलागी


काठमाडौं ।

काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ।

आइतबार दिउँसो करिब २ बजेतिर आगलागी भएको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ।

आगलागी अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। केही सामानहरूमा क्षति पुगेको छ। पूर्ण क्षति विवरण आइसकेको छैन।

आगलागी नियन्त्रणमा लिन पाँच वटा दमकल प्रयोग भएको छ। आगलागी कसरी भएको भन्ने खुलेको छैन। २ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको हो।

आगलागी भएपछि खाना पकाउने ग्यास सिलिण्डर पनि पड्किएको थियो। आगलागीबाट निवासमा क्षति पुगेको छ। मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ।