एक बल पनि नखेल्दै नेपालले कसरी पायाे ५ रन ?

एक बल पनि नखेल्दै नेपालले कसरी पायाे ५ रन ?


काठमाडाैँ ।

क्यानडाविद्धकाे तेस्राे एक दिवसीय खेलमा नेपाल अहिले २३३ रन पछ्याउँदै खेलिरहेकाे छ । तर, नेपाल ब्याटिङमा आउनासाथ ५ रनबाट खेल सुरु गरेकाे थियाे ।

एक बलपनि नखेल्दै नेपालले ५ रन पाएकाे थियाे । नेपालले अतिरिक्त ५ रनबाट इनिङ्सको सुरुवात गरेको हाे ।

क्यानडाका कप्तान शाद बीन जाफरले ब्याटिङका क्रममा पीचमा कुदेपछि नेपाललाई ५ रन पेनाल्टीबनपत दिइएको थियाे ।

क्यानडाले ४९ औँ ओभरको अन्तिम बलमा क्यानडाका कप्तान सदविन जफर पिचको पीच (खतरा क्षेत्र) मा दौडिएपछि अम्पाएरले नेपाललाई ५ रन दिएका थिए ।

त्यसअघि ४९ औँ ओभरमा नै कप्तान जफर क्रिजमा दौडिएर रन लिदा अम्पाएरले चेतावनी दिएका थिए। तर दोस्रो पटक पनि पिचको मध्यभागबाट नै रन लिएपछि अम्पाएरले नेपाललाई ५ रन अतिरिक्त दिएका थिए।

क्रिकेटको नियमअनुसार ब्याटरले पीचमा टेकेपछि सुरुमा अम्पायरले चेतावनी दिन्छन्। त्यसपछि पनि पीचमा टेकेमा फिल्डिङ टिमलाई पाँच रन पेनाल्टी स्वरुप दिइन्छ।

आक्रामक सुरुवात गरेकाे नेपालले याे समाचार तयार पार्दासम्म १८ आ‍ेभरमा एक विकेटकाे क्षतिमा १०१ रन बनाएकाे छ ।