मोरङ अटो वर्क्स बेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड २०२३ बाट सम्मानित

मोरङ अटो वर्क्स बेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड २०२३ बाट सम्मानित


काठमाडौं

नेपालमा जेसिबी उत्पादनको आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स बेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड २०२३ बाट सम्मानित भएको छ।

पोर्चुगलको लिसवनमा फेब्रुअरी ९ मा आयोजित जेसिबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ मा जेसिबी सामग्री बिक्रेता मोरङ अटो वर्क्सलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो।

मोरङ अटोका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले जेसिबी युकेका ग्रुप सिइओ ग्रेमी म्याकडोनाल्ड तथा जेसिबी इन्डियाका सिइओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीबाट सम्मान ग्रहण गरेको कम्पनीले जनाएको छ।

कार्यक्रममा अवार्ड ग्रहण गर्दै अध्यक्ष अग्रवालले भनेका थिए, ‘जेसिबी टिम र सम्बन्धित व्यक्तिलाई कम्पनीलाई यो उचाइमा पुग्न सहयोग गर्नेप्रति आभारी छु। भविष्यमा थप उपलब्धिको दिशामा जानेछौं।’

कम्पनीका अनुसार २०२३ मा जेसिबीको ४४३२४ मेसिन बिक्री बजार हिस्सा ५२ र ब्याकहो लोडर ८२ प्रतिशत रहेको थियो। मोरङ अटो वर्क्सले नेपालमा जेसिबीका सामग्री यीमध्ये ५४.३० प्रतिशत, ७७ प्रतिशत र एक्साभेटर २८ प्रतिशत बिक्री गरेको थियो।