२ खर्ब बढीले घट्याे बजेट : लक्ष्यअनुसार राजस्व उठेन, खर्च पनि भएन

२ खर्ब बढीले घट्याे बजेट : लक्ष्यअनुसार राजस्व उठेन, खर्च पनि भएन


काठमाडाैँ ।

सोमबार अर्धवार्षिक समीक्षा गर्दै सरकारले बजेटको आकार संशोधन गरेको छ। याेसँगै सरकारले चालू आर्थिक वर्षको बजेट २ खर्ब २० अर्बबढी रुपैयाँले घटाएको छ ।

चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । यो बजेटलाई संशोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारेका हुन् ।

अर्धवार्षिक समीक्षामार्फत १२.६२ प्रतिशतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झारिएकाे हाे । चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरिएको छ ।

लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाे र आम्दानीको स्रोत घटेसँगै खर्च गर्न समेत नसकेकाले लक्ष्य घटाइएको मन्त्री महतले बताए।

योसँगै चालूतर्फ ८८.८४ प्रतिशत, पूँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुने अर्थमन्त्री महतको संशोधित लक्ष्य छ।