अभिनेत्री प्रियंका कार्कीका परिवार नै वात्सल्य नेचुरल आईभीएफकाे ब्राण्ड एम्बेस्डर

अभिनेत्री प्रियंका कार्कीका परिवार नै वात्सल्य नेचुरल आईभीएफकाे ब्राण्ड एम्बेस्डर


काठमाडौं ।

वात्सल्य नेचुरल आईभीएफले आफ्नो ब्राण्ड एम्बेस्डरमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज जोशी र सुपुत्री आयांकालाई नियुक्त गरेको छ ।

नेपालमै आधुनिक प्रजनन चिकित्साको प्रबर्द्धन, विकास र प्रयोगमा टेवा पुर्‍याउँदै आएको वात्सल्यको नारायणचौरस्थित क्लिनिकमा एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम प्रियंका कार्की आयुष्मान देशराज र आयांकाले निःसन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहने छन् ।

वात्सल्य क्लिनिकका संस्थापक तथा प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले ब्राण्ड एम्बेस्डरको रुपमा तीनै जनालाई लिन पाउँदा हर्षित भएको बताए ।

साथै उनले निःसन्तानसम्बन्धी कुण्ठालाई उहाँहरूमार्फत थप प्रभावकारी रुपमा जागरुकता फैलाउन सक्नेमा आफू आशावादी रहेको बताए ।

अभिनेत्री कार्की आफ्नो खुला सोच र धारणाका कारण धेरै महिलाहरूको लागि अनुकरणीय बनेको निर्देशक सुवेदीको भनाइ थियो ।

मातृत्व र पितृत्व भूमिका निभाउँदै गरेका यस दम्पतीले सन्तान प्राप्तिको अनुभवलाई राम्ररी उजागर गर्न सक्नेमा पनि आफू विश्वसित रहेको सुवेदीले जनाएका छन् ।