बुढानिलकण्ठ नगरपालिकामा फाेहाेर व्यवस्थापनकाे ठेक्कामा चलखेल

बुढानिलकण्ठ नगरपालिकामा फाेहाेर व्यवस्थापनकाे ठेक्कामा चलखेल


काठमाडौँ ।

बूढानीलकण्ठ नगरपालिकाकाे वडा १० र १२ मा फाेहाेर व्यवस्थापनमा फाेहाेरी राजनीति भएकाे छ ।

साे वडाका वडाध्यक्षकाे सेटिङमा नयाँ कम्पनीलाई फाेहाेर व्यवस्थापनकाे जिम्मा दिएपछि अहिले वडाध्यक्षहरू विवादमा तानिएका छन् ।

बूढानीलकण्ठ नगरपालिकाकाे वडा १० र १२ ले अहिले काम गरिरहेका कम्पनीहरूलाई थाहै नदिई गाेप्य रूपमा टेन्डरकाे सूचना निकालेपछि ठेक्का प्रकरणलाई लिएर विवाद सुरु भएकाे छ ।
हाल वडा १० मा एमालेका नवराज भट्टराई र १२ मा शम्भु भट्टराई अध्यक्ष छन् ।

लामाे समयदेखि वडा नम्बर १२ मा ७ वटा र १० मा ५ वटा कम्पनीले फाेहाेर व्यवस्थापनमा काम गरिरहेका थिए । तर, ती कम्पनीले टेन्डरकाे सूचना प्रकाशन भएकाे थाहै पाएनन् ।

‘हामीले वर्षाैँदेखि काम गरिरहेका छाैँ । अहिले वडाले सूचना निकालेकाे समेत थाहा नहुने हुन्छ,’ हाल काम गरिरहेकाे एक कम्पनीका प्रबन्धकले नाम नलेख्ने सर्तमा भने, ‘१ वर्षअघि दर्ता भएकाे कम्पनीलाई ठेक्का दिइएकाे छ । याे ठेक्का दिनकै लागि ती कम्पनी दर्ता गरिएकाे प्रष्ट बुझिन्छ ।’

उनले टेन्डर पारदर्शी भएर छनाेट भएकाे भए स्वाभाविक मान्न सकिए पनि काम गरिरहेका कुनै पनि कम्पनीले थाहा नपाउनु र गुपचुप ठेक्का लाग्नुमा वडाध्यक्षहरूकै सेटिङ रहेकाे दाबी गरे ।

वडा १० काे ठेक्का परेकाे कम्पनी इञ्जाेहाङ मल्टिपर्पाेज र एबिपी मल्टिपर्पाेज प्रालिलाई त सिसडाेलमा फाेहाेर फाल्न सक्ने अनुमतिसम्म छैन । ‘फाेहाेर फ्याँक्न नपाउने कम्पनीलाई किन ठेक्का दिइयाे ? वडाध्यक्षकाे नियतमाथि शंका गर्ने आधार बलियाे बनेकाे छ,’ वडा १० का एक स्थानीयले भने ।

उसाे त एउटै वडामा ठेक्काबाट दुइटा कम्पनी छना‌ेट हुनुले पनि सेटिङ भएकाे प्रमाणित हुने स्थानीय दाबी गर्छन् । उनीहरूले वडाध्यक्षविरूद्द अख्तियारमा उजुरी हाल्नेसम्मकाे तयारी गरेका छन् ।

अहिले सेटिङमा ठेक्का पाएका २ कम्पनी र पहिले काम गरिरहेका कम्पनीले पनि फाेहाेर संकलन गरिरहेका छन् । यसले स्थानीय कसलाई फाेहाेर दिने भन्ने अन्याेलमा छन् । यही विवादले वडा १० मा अब फाेहाेर नै नउठ्ने हाे कि भन्ने चिन्ता थपिएकाे छ ।

उनीहरूले याे विषयलाई लिएर मेयरसँग गुनासाे गर्ने तयारी गरेका छन् ।