वन्यजन्तुले पुर्‍याएको क्षति बापत सरकारले राहत दिने

वन्यजन्तुले पुर्‍याएको क्षति बापत सरकारले राहत दिने


काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहाडमा बाँदर र बँदेलले बालीनाली नष्ट गर्ने र तराईमा नीलगाईले नष्ट गरेमा सरकारले त्यसबापत राहत दिने व्यवस्था मिलाएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद किशोर सिंह राठोरले सोधेको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय निकुञ्ज र बफरजोन क्षेत्रका बासिन्दाको संरक्षण गर्ने सन्दर्भमा वन्यजन्तुले गरेको क्षतिबापतको राहत दिन कार्यविधि संशोधन गरिसकेको जानकारी गराए ।

प्रचण्डले भने– ‘कार्यविधि अनुसार प्रदेश सरकार र स्थानीय सरकार समेतको सहभागितामा राहत वितरणको व्यवस्था गरिएको छ । तराई क्षेत्रमा नीलगाई र पहाडी क्षेत्रमा बाँदरले पुर्‍याएको क्षतिको राहत दिने व्यवस्था मिलाइएको छ । आउँदा दिनमा वन्यजन्तुले पुर्‍याएको क्षतिलाई बिमासँग आबद्ध गरी वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयबिच समन्वय गरी विशेष कार्यक्रम सञ्चालन गरिँदै छ ।’