पोखराको बालसुधार गृहमा झडप, ३ जना घाइते

पोखराको बालसुधार गृहमा झडप, ३ जना घाइते


पोखरा ।

पोखराको बालसुधार गृहमा सोमबार राति झडप भएको छ ।

पोखरा–१८, ग्यारजतीमा रहेको बाल सुधार गृहमा भएको झडपमा तीन जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

झडपका क्रममा २ जनाको टाउकोमा चोट लागेको छ भने एक जना सामान्य घाइते छन् ।

‘हिजो राति १० बजेतिर खाना खाने लाइन लाग्ने क्रममा विवाद भएको थियो । घाइतेहरुलाई मणिपालमा उपचारपश्चात डिस्चार्ज भइसकेका छन्,’ प्रहरी स्रोतले भन्यो ।

उनीहरुलाई उपचारपश्चात सुधार गृहमा लगिसकिएको छ ।