कांग्रेसभित्र हिन्दु राष्ट्रकाे एजेण्डा थप बलियाे बन्दै, हजारबढी महासमिति सदस्य हिन्दु राष्ट्रकै पक्षमा

कांग्रेसभित्र हिन्दु राष्ट्रकाे एजेण्डा थप बलियाे बन्दै, हजारबढी महासमिति सदस्य हिन्दु राष्ट्रकै पक्षमा


काठमाडाैँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दु राष्ट्रका लागि गरेको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई बुझाएका छन्।

बिहीबार गोदावरीस्थित महासमिति बैठकमा एक हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर देउवालाई बुझाएको भण्डारीले बताए।

भण्डारीले महासमिति बैठकको बन्दसत्रमै सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन्। सबै धर्मलाई सम्मान गर्दै नेपाल हिन्दु राष्ट्र बनाउनुपर्ने उनले बताए। उनले धर्म निरपेक्ष खारेज गरी हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने बताए।

सोमबारदेखि सुरु भएको महासमिति बैठकमा पहिलो दिनदेखि नै अभियानकर्मीहरुले हस्ताक्षर संकलन गरिरहेका थिए ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको महासमिति बैठकको हल अगाडि अभियानका अगुवाहरु पाल टाँगेर हस्ताक्षर गराउन जुटेका थिए । हन्दुराष्ट्रको एजेण्डाले भने महासमिति बैठकमा छलफलको विषय बनेन ।

यसअघिको महासमिति बैठकमा पनि हिन्दुराष्ट्रको पक्षमा ७१४ जनाले हस्ताक्षर गरेर सभापतिलाई बुझाइएको थियो ।

२२ जना केन्द्रीय सदस्यले हिन्दुराष्ट्रको एजेण्डामा महासमिति बैठकमा छलफलको एजेण्डा बनाउनुपर्ने मागसहित सभापति देउवालाई हस्ताक्षर बुझाएका थिए ।