जिल्ला अदालतको फैसला बदरको माग गर्दै उच्च अदालत पुगे सन्दीप लामिछाने

जिल्ला अदालतको फैसला बदरको माग गर्दै उच्च अदालत पुगे सन्दीप लामिछाने


काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला बदरको माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन् । सन्दीप र उनका कानुनव्यावसायीको टीम उच्च अदालत पाटन पुगेका हुन् ।

फैसला पुनरावलोकनका लागि उच्चमा निवेदन दिएका हुन् ।

किशोरी बलात्कार मुद्दामा दोषी ठहर्‍याउँदै जिल्ला अदालतले सन्दीपलाई ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै सन्दीपले पुनरावेदन दिएको हुन् । उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन् ।

जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएको थियो । फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गरेका हुन् ।