माओवादी सांसदले साेधे- महासचिवको ३ वटा नागरिकता र २ वटा पासपोर्ट भएकाे थाहा छ कि छैन ?

माओवादी सांसदले साेधे- महासचिवको ३ वटा नागरिकता र २ वटा पासपोर्ट भएकाे थाहा छ कि छैन ?


काठमाडाैँ ।

संघीय संसद्का महासचिवको तीन वटा नागरिकता रहेको विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ ।

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलहरूलाई संसद्को महासचिवको ३ वटा नागरिकता रहेको विषय थाहा छ कि छैन ? भनी प्रश्नसमेत गरेका हुन् ।

‘म भन्न चाहन्छु-संसद्का महासचिवका ३ वटा नागरिकता र २ वटा पासपोर्ट पनि तपाईँहरूले उठाएका कुराहरूमा थप्नुहोस् न ! संसदमा हाम्रो महासचिवको ३ वटा नागरिकता छ, २ वटा पासपोर्ट छ, त्यो थप्नुहुन्न ?’