‘कांग्रेसले हिन्दु राष्ट्र नस्वीकारे दुर्घटना हुन्छ’

‘कांग्रेसले हिन्दु राष्ट्र नस्वीकारे दुर्घटना हुन्छ’


काठमाडौँ ।

नेपाली कांग्रेसका नेता शंकर भण्डारीले हिन्दु राष्ट्रको पक्षमा महासमितिको बैठकमा बहुमत देखिएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै हिन्दु राष्ट्र स्थापना महाअभियानका संयोजकसमेत रहेका भण्डारीले बहुमत सदस्यको लिखित हस्ताक्षरसहित पार्टीलाई बुझाउँदा पनि आत्मसात् नगरेको गुनासो गरेका हुन् ।

‘कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिभन्दा पनि माथि विधान सम्मेलन हुन्छ । यो पार्टीको वैधानिक व्यवस्था हो, त्यस्तो ठुलो बैठकको उपस्थिति सङ्ख्याभन्दा धेरैले लिखित रूपमा पूर्ण प्रतिस्पर्धासहित हिन्दु राष्ट्र स्थापनाको पक्षमा हस्ताक्षरसहित बुझाएका छौँ,’ उनले भने, ‘मलाई कहिलेकाहीँ अचम्म पनि लाग्छ, हाम्रो लोकतान्त्रिक पार्टीभित्र बहुमतको पालना हुनुपर्ने हो । लिखित रूपमा महासमितिको बहुमत सदस्यहरूले बुझाउँदा पनि हाम्रो नेतृत्वले यसलाई आत्मसात् गरेर खुला रूपमा स्वीकारेको छैन । तर, यसले पार्टीलाई क्षति पुग्छ ।’