प्रचण्ड बिजी भएपछि माओवादी स्थायी समिति बैठक स्थगित

प्रचण्ड बिजी भएपछि माओवादी स्थायी समिति बैठक स्थगित


नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित भएको छ ।

बिहीबारदेखि सुरु भएको स्थायी समितिको बैठक शुक्रबार फेरि बस्ने भनिएको थियो । तर, प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थायी समिति बैठक स्थगित भएको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

स्थायी समितिको बैठक अब आइतबार बिहान ११ बजे बस्ने प्रवक्ता सापकोटाले बताए । बैठकमा पार्टी रुपान्तरण अभियान, सांगठनिक कार्यविभाजनलगायतका विषयमा छलफल हुने एजेन्डा थियो ।