त्रिवि मैदानमा ताेडियाे कुशल मल्लको विश्व कीर्तिमान, छिटो शतक बनाउने रेकर्डमा अब लेफ्टीकाे नाम

त्रिवि मैदानमा ताेडियाे कुशल मल्लको विश्व कीर्तिमान, छिटो शतक बनाउने रेकर्डमा अब लेफ्टीकाे नाम


काठमाडाैँ ।

नामिबियाका जान निकोल लेफ्टी इटनले टी-२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो शतक बनाउने विश्व कीर्तिमान बनाएका छन्।

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमै नामिबियाका लेफ्टीले उक्त कीर्तिमान बनाएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालविरुद्धको पहिलो टी-२० खेलमा उनले ३३ बलमा शतक पूरा गर्दै विश्वक कीर्तिमान बनाएका हुन्।

उनले शतक पूरा गर्दा ११ चौका र ८ छक्का प्रहार गरे।

यससँगै उनले कुशल मल्लको नाममा रहेको विश्व कीर्तिमान तोड्न सफल भए।

गत वर्ष भएको एसियाली खेलकुदमा कुशल मल्लले मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेर विश्व कीर्तिमान बनाएका थिए।

कुशलले चीनमा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनाएको छ ।