धरानमा विमानस्थल बनाउन सम्भव नरहेकाे अध्ययन टाेलीकाे निष्कर्ष

धरानमा विमानस्थल बनाउन सम्भव नरहेकाे अध्ययन टाेलीकाे निष्कर्ष


धरान ।

धरानमा विमानस्थल निर्माण गर्न प्राविधिक र आर्थिक रुपमा सम्भव नदेखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको अध्ययनले देखाएको छ।

विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल सम्भाव्य नभएको निष्कर्ष निकालेको छ।

अध्ययन टोलीले स्थलगत अध्ययन गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा गत कात्तिक २३ गते प्राधिकरणका प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानून अधिकृत बिमल खनाल र चार्टर्ड एकान्टेन्ट अनिल बस्नेत सदस्य रहेको टोली गठन गरिएको थियो।

विद्यमान हवाई नीति, २०६३ मा भएको “तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निटकस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माईल हुनुपर्नेू नीतिगत व्यवस्था विपरित हुने, आर्थिक विश्लेषण पश्चात् सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा एकतर्फी अप्रोचमात्र संम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यवसायिक संम्भावना नभएको तथा अन्य विविध प्रविधि र सञ्चालन सीमाका कारणले सम्भव नभएको निष्कर्ष समितिको छ।