मधेस प्रदेशसभामा नाराबाजी, जसपासँग माफी मगाउने जनमतकाे प्रयास

मधेस प्रदेशसभामा नाराबाजी, जसपासँग माफी मगाउने जनमतकाे प्रयास


जनकपुरधाम ।

मधेस प्रदेशसभाको बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरूले बैठकमा नाराबाजी गरेका छन् ।

प्रदेशसभाको बैठक सुरु हुना साथ जनमत पार्टीका प्रदेश सभा सदस्य चन्दनसिंहले आफ्नो पार्टीबाट विगतमा मन्त्री रहेको महेशप्रसाद यादव र प्रदेशसभाका सदस्यहरूमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीलो लाठीचार्ज गरेको र सोही घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नुपर्ने भन्दै उठेर विरोध जनाएका छन् ।

तर, सभामुख मण्डलले बैठक सुचारु गर्न आग्रह गर्दा समेत जनमत पार्टीका प्रदेशसभा सदस्यहरूले बस्न नमानेपछि खेलकुद तथा समाज कल्याणमन्त्री सुरिताकुमारी साहलाई प्रदेश बालअधिकार ऐन २०७७ संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए ।

त्यसपछि जनमत पार्टीका प्रदेशसभा सदस्यहरूले सभामुखको अगाडि पुगेर नाराबाजी गरेका थिए । नाराबाजी नरोकिएपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।