काठमाडौं महानगरपालिकाले माग्याे १४० जना स्वयंसेवक

काठमाडौं महानगरपालिकाले माग्याे १४० जना स्वयंसेवक


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले १४० जना स्वयंसेवक माग गरेकाे छ ।

२४ साताका लागि मागिएको आवदेनअनुसार छनोट भएका स्वयंसेवकले सातामा २ दिन समय दिनुपर्छ ।

महानगरले स्वंयसेवक कार्यक्रम अन्तर्गत १०० बालबालिका र वातावरण स्वयंसेवक र ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयंसेवक लिन लागिएको जनाइएकाे छ ।

महानगरले स्वयंसेवकका लागि फारम भर्न नाम, थर, स्थायी, अस्थायी ठेगाना, रुचि भरेर बुझाउनुपर्ने हुन्छ ।

यसमा आफू कुन विधामा इच्छुक हो, वातावरण तथा बालबालिका र सम्पदामा युवा तथा बालबालिकामध्ये एउटालाई छान्नुपर्छ । त्यो क्षेत्रमा किन स्वयंसेवक बन्न खोजेको हो, त्यसबारे २०० शब्दसम्ममा धारणा लेखेर पठाउनुपर्ने महानगरले जनाएको छ ।