गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बुधवारदेखि

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन बुधवारदेखि


पाेखरा ।

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन भोलि (बुधवार)देखि शुरू हुँदैछ ।

प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समितिबाट पारित भएका आमसञ्चार र बिउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेश हुने जानकारी दिइन् ।

सरकारले यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेश गर्ने निर्णय गरेको उनको भनाइ छ ।