मिटरब्याज पीडितको आन्दोलनमा जसपाकाे पनि ऐक्यबद्धता

मिटरब्याज पीडितको आन्दोलनमा जसपाकाे पनि ऐक्यबद्धता


काठमाडाैँ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

जसपाले मिटरब्याज पीडितहरुले भृकुटीमण्डबाट सुरु गर्न लागेको मार्चपासमा सहभागी भएर उनीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन लागेको हो ।

सरकारले उनीहरूको न्यायोचित माग र मुद्दालाई वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने र समस्या समाधानमा तदारुकता जनाउनुपर्ने जसपाको माग छ ।

पार्टीका कार्यकारिणी समिति सदस्य एवं संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा पार्टीका नेता, कार्यकर्ताले ऐक्यबद्धता जनाउन आन्दोलनमा सहभागी हुने बताइएको छ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।