‘चन्द्रागिरि केबलकारमा आपतकालीन उद्धार’

‘चन्द्रागिरि केबलकारमा आपतकालीन उद्धार’


काठमाडाैँ ।

सशस्त्र प्रहरी बल (एपीएफ) नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाडौंको आयोजना र चन्द्रागिरि हिल्स प्रालीको सहकार्यमा चन्द्रागिरि केबलकारमा आपतकालीन उद्धार अभ्यास सञ्चालन भएको छ।

३ दिनसम्म सञ्चालन भएको कार्यक्रम कृत्रिम घटनाक्रममा आधारित ‘सिमुलेसन’ अभ्यास गरी सम्पन्न भयो ।

उक्त कार्यक्रममा पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति पुरूषोत्तम थापा, चन्द्रागिरि हिल्सका कार्यकारी निर्देशक अरुण प्रधान लगायत काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रतिनिधि, उपत्यका स्थित सप्रबल, नेपालका गणहरू तथा गुल्मका प्रमुखहरू, स्थानीय जनप्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थित रहेको थियो ।

उक्त उद्धार अभ्यासमा पशुपतिनाथ बाहिनी मुख्यालयको तर्फबाट सशस्त्र प्रहरी नायव उपरीक्षक कमल बहादुर अधिकारीको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त २६ जना र चन्द्रागिरि हिल्सको तर्फबाट मेकानिकल इन्जिनियर मधुकर बलामीको कमान्डमा ८ जना गरी जम्मा ३४ जना उद्धारकर्ताहरु सहभागी थिए।