संसद् भवन छिरेका ४९ जना लघुवित्त ऋणीहरू ७ दिन हिरासतमै रहने

संसद् भवन छिरेका ४९ जना लघुवित्त ऋणीहरू ७ दिन हिरासतमै रहने


काठमाडाैँ ।

संघीय संसद भवन परिसरभित्र पसेर प्रदर्शन गरेका लघुवित्तका ऋणीहरूलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले ४९ जनालाई ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। एक जना पुरूष र ४८ जना महिलालाई प्रहरीले पक्राउ गरेको थियो।

उनीहरूमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

सोमबार दिउँसो ऋणीहरू संसद भवनभित्र पसेर न्याय माग गर्दै नाराबाजी गरेका थिए।

सोमबार साँझ नै सिंहदरबारस्थित गृह मन्त्रालयमा नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल र राष्ट्रिय अनुसन्धानका प्रमुख हुतराज थापासँग संघीय संसदभित्र प्रदर्शनकारी पसेको घटनाबारे सोधपुछ गरिएकाे थियाे ।

घटनाकाे छानबिनका लागि एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएकाे छ ।