टी-२० सिरिज : नेपालले पायाे १८५ रनको लक्ष्य

टी-२० सिरिज : नेपालले पायाे १८५ रनको लक्ष्य


काठमाडौं ।

त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेल जित्न नेपालले १८५ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो ।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक बनाए । उनी ५४ रनमा आउट भए । स्याब्रान्ड एंगेलब्रेक्ट ४९ रनमा नट आउट रहे ।

स्कट एडवार्डस व्यक्तिगत ३३ रनमा आउट भए ।  दीपेन्द्रसिंह ऐरीको थ्रो बल विकेटकिपर आशिफ शेखले अघि बढेर रन आउट गरेका हुन् ।

बलिङमा नेपालका करण केसी र कुशल मल्लले १-१  विकेट लिए।