राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने


काठमाडौं ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको छ ।

आजबाट सम्पन्न माओवादीको स्थायी कमिटी बैठकपछि बोल्दै माओवादीका प्रवक्ता अग्नीप्रसाद सापकोटाले सो कुरा जानकारी गराएका हुन् ।

बैठकमा धेरै स्थायी कमिटी सदस्यहरुले राष्ट्रिय सभा अध्यक्ष आफूहरुले पाउनुपर्ने धारणा राखेको उनले बताए ।

आगामी फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदैछ । त्यसका लागि सत्ता गठबन्धनभित्र भागबण्डा मिलेको छैन ।