नेदरल्याण्ड्ससँग पनि हार्‍याे नेपाल

नेदरल्याण्ड्ससँग पनि हार्‍याे नेपाल


काठमाडौँ ।

त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा पनि नेपाल पराजित भएकाे छ ।

नेदरल्याण्ड्सविरुद्धको खेलमा पाएको १८५ रनको लक्षका लागि नेपाल अन्तिम ओभरसम्म लडे पनि पुरा गर्न सकेन ।

२० आ‍ेभर नै खेलेकाे नेपाल १८२ रनमै सिमित भयाे । २ रनले पराजित भएकाे नेपालका लागि राेहिर पाैडेल दिपेन्द्र सिंह ए‍ेरीले विष्फाेटक ब्याटिङ गरेका थिए ।

कप्तान पौडेलले अर्धशतक प्रहार गरे । उनले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। रोहितको यो छैटौं टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो।

त्यस्तै, ए‍ेरीले ले ३४ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ६३ रन जोडे।

कुशल मल्ल ११ रन र सन्दीप जोरा ८ रनमै आउट हुँदा सोमपाल कामीले खाता नै खोल्न सकेनन्।

ओपनिङ ब्याटर आसिफ शेख दोस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ६५ रनको साझेदारी गरेर आउट भए।

नवौं ओभरमा आउट भएका उनले २३ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे। अर्का ओपनर कुशल भुर्तेल चौथो बलमै शून्यमा आउट भए।

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

अब नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ।