नामिबियालाई नेपालले दियाे १८१ रनकाे लक्ष्य

नामिबियालाई नेपालले दियाे १८१ रनकाे लक्ष्य


काठमाडाैँ ।

नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी टी–२० क्रिकेट सिरिजमा ८ विकेट गुमाउँदै १८० रन बनायाे ।

नेपालका लागि कुशल मल्लले अर्धशतक बनाए भने आरिफ शेखले ३१, गुल्सन झाले २६, अनिल साह २३, दीपेन्द्र सिंह ऐरीले १६ रोहित कुमार पौडेल १०, तथा करण केसीले ७ रन बनाए ।

यसअघिका दुवै खेलमा नेपालले फाइनल पुग्न यो खेल जित्नै पर्ने छ ।