दुबै सदनबाट पारित भयाे सम्पत्ति शुद्धीकरण विधेयक

दुबै सदनबाट पारित भयाे सम्पत्ति शुद्धीकरण विधेयक


काठमाडौँ, २४ माघः प्रतिनिधिसभा बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज बसेको प्रतिनिधिसभाको बैठकमा सहभागीहरु । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौँ ।

राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ ।

कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सो विधेयक सभामा पेस गर्नुभएको थियो । विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकमाथि त्यसअघि छलफल भएको थियो । छलफलमा सांसदहरू रमेशजंग रायमाझी र भैरवसुन्दर श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।

त्यस्तै, बैठकले राष्ट्रियसभा (दोस्रो संशोधन) नियमावली, २०८० पारित गरेको छ । समितिका सभापति सुरेशकुमार आलेमगरले सो प्रस्ताव पेस गरेका थिए । त्यसमाथि सांसदहरू प्रकाश पन्थ, भुवनबहादुर सुनार, रमेशजंग रायमाझी, कमला पन्त, डा विमला राई पौडेल, जितेन्द्रनारायण देव, भैरवसुन्दर श्रेष्ठ, खिमलाल देवकोटा, विमला घिमिरे र गोपीबहादुर सार्की अछामीले आफ्नो धारणा राखे । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २१ गते बस्नेछ ।