प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिइआ‍ेमा प्रसाईं नियुक्त

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिइआ‍ेमा प्रसाईं नियुक्त


काठमाडाैँ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त भएका छन् ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको श्री बीमा समिति)बाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाईं बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृतमा ४ वर्षे कार्यकालका लागि नियुक्ति गरेको हो ।