विद्यालय शिक्षा विधेयकमाथि १७ हजार ७५८ संशोधन प्रस्ताव, छलफलमा एकजनामात्र उपस्थित

विद्यालय शिक्षा विधेयकमाथि १७ हजार ७५८ संशोधन प्रस्ताव, छलफलमा एकजनामात्र उपस्थित


काठमाडौं ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोेधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा आइतबार एकजनामात्र संशोधनकर्ता सहभागी भएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उक्त विधेयकमाथि १७ हजार ७५८ संशोधन प्रस्ताव दर्ता भएको छ ।

आइतबारको बैठकमा १० संशोधनकर्तालाई बोलाइए पनि एकजना मात्र छलफलमा सहभागी भएका छन् । छलफलमा सहभागी भएका संशोधनकर्ता सांसद अम्बरबहादुर थापाले विधेयकमा घरपायक सरुवाको व्यवस्था गर्न नहुने र विद्यालयमा राजनीतिक संघ–संगठनको व्यवस्था पनि राख्न नहुनेमा बताए ।

उक्त विधेयकमा रहेका १६३ दफामा १५२ सरोकारवालाका संशोधन प्रस्ताव दर्ता भएका छन्