सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च


काठमाडौं ।

मंगलबार सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ २ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

मंगलबारका सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो

यसअघि गत पुस १२ गते १ लाख २२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै आज तेजवी सुन १ लाख २१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।