गृहमा रविकाे कमब्याक !

गृहमा रविकाे कमब्याक !


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने ४ मन्त्रालय र ४ मन्त्रीकाे नाम टुंगो लगेकाे छ ।

रास्वपाले गृहसहित श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय पाउने पक्का भएकाे छ । त्यसका लागि पार्टीले ४ जनाकाे नाम पनि टुंग्याएकाे छ ।

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने ४ मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।

गृहमा सभापति रवि लामिछाने उपप्रधानसहित जाने भएका छन् । हाल रास्वपाबाट उपसभापति डिपी अर्याल विना विभागीय मन्त्री छन् ।

२१ सिटसहित प्रतिनिधिसभामा रास्वपा चाैथाे शक्ति हाे ।