सकियाे भागबन्डा, नयाँ मन्त्रीको शपथ साँझ ५ बजे

सकियाे भागबन्डा, नयाँ मन्त्रीको शपथ साँझ ५ बजे


काठमाडौं ।

नवनियुक्त मन्त्रीको शपथ साँझ ५ बजे हुने भएको छ ।

सत्ता गठबन्धन दलहरुले मन्त्रालय भागबण्डा टुंग्याएपछि शपथ ग्रहण हुन लागेको हो ।

मन्त्रीहरुको ५ बजे शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई पत्राचारसमेत गराएका छन् ।

नेकपा (एमाले)ले ८ मन्त्रालय पाएको छ भने नेकपा (माओवादी केन्द्र)ले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४, नेकपा एसले २ मन्त्रालय पाएका छन्।