नागरिक उन्मुक्ति पार्टी गठबन्धनमा नजाने

नागरिक उन्मुक्ति पार्टी गठबन्धनमा नजाने


काठमाडाैँ ।

नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भुमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले केन्द्रीय समितिको बैठकले आफूहरू अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको जानकारी दिए ।

चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताए । आफूहरू केन्द्रीय सरकारमा अहिले नगए पनि सुदूरपश्चिम प्रदेशमा दाबी रहेको उनले बताए । उनले आफ्नो पार्टीले राजनीतिक अवस्थालाई केही समय हेर्ने र त्यसपछि आवश्यक निर्णय गर्ने पनि धारणा राखे ।

त्यस्तै, चौधरीले टीकापुर घटनाका पीडितहरूले न्याय पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको जिकिर गरे । टीकापुर घटनामा थारुहरु धेरै पीडित रहेको उनको भनाइ छ ।