यो गठबन्धन सरकारको भविष्यबारे गगन थापाले भने “फतक्क कुहिएर झर्छ”

यो गठबन्धन सरकारको भविष्यबारे गगन थापाले भने “फतक्क कुहिएर झर्छ”


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता स्वार्थको लागि बनेको गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताएका छन् । कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै बेलामा गठबन्धन टुटाउन सक्छन् भन्ने कुरामा आफू प्रष्ट रहेको बताए ।

उनले भने, ‘गठबन्धन कुनै राजनीतिक स्थायित्वका लागि होइन बाँडीचुडी खान सत्ता स्वार्थमा टिकेको अवसरवादी गठबन्धन हो । भागबन्डा नमिल्ना साथ भोलि कुनैबेला गठबन्धन भत्किने नयाँ गठबन्धनको प्रयास हुने र राजनीतिमा फोहोरी र विकृत अभ्यासनको पुनरावृत्ति हुने प्रष्ट छ ।

उनले यो गठबन्धन हिँड्न त परै जाओस् आफ्नै भारीले थिचिएर फतक्क कुहिएर झर्ने बताए ।