सुनको भाउ इतिहासकै महङ्गो

सुनको भाउ इतिहासकै महङ्गो


काठमाडौं ।

नेपाली बजारमा सुनको भाउ इतिहासकै महङ्गो बनेको छ ।

बुधबारको तुलनामा सुनको भाउ तोलामा २ हजारले बढेर १ लाख २५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको भाउ १ लाख २३ हजार पुगेको थियो ।

आज तेजावी सुन १ लाख २४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर १४ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।