वीरगञ्जका मेयरविरुद्ध किटानी जाहेरी दर्ता

वीरगञ्जका मेयरविरुद्ध किटानी जाहेरी दर्ता


वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरी कहाँ किटानी जाहेरी दर्ता भएको छ ।

नागरिकता कीर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको हाे ।

जाहेरीमा अन्य केहीलाई पनि प्रतिवादी बनाएर आएको भएपनि नामहरु आफूलाई यकिन नभएको उनले बताए ।

जनता समाजवादी पार्टीमा आवद्ध सिंह १० जेठ २०७९ मा वीरगञ्ज महानगरको मेयरमा निर्वाचित भएका थिए ।