महाशिवरात्रि पर्व देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो (फोटो)

महाशिवरात्रि पर्व देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो (फोटो)


काठमाडौ । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ। महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ।यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ।

महाशिवरात्रिका अवसरमा शुक्रबार आराध्यदेव भगवान् पशुपतिनाथको पूजा आराधना एवं दर्शन गर्न मन्दिरको पूर्वपट्टीको ढोकाबाट मन्दिरतर्फ जाँदै भक्तजन ।

महाशिवरात्रि पर्वका अवसरमा पोखरा फेवाताल किनारामा रहेको केदारेश्वर महादेव मन्दिरमा भक्तजनको भिड । शिवालयहरुमा आज विहानैदेखि गाईको दूध, बेलपत्र चढाउन भक्तजनको भीड लागेकोछ ।

महाशिवरात्रिका अवसरमा शुक्रबार धनगढीको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा रहेको शिवलिङ्गमा पूजा गर्दै भक्तजन ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित शिव मन्दिरमा रहेको एउटै ढुङ्गाले बनेको भगवान् शिवको अर्धनागेश्वर मूर्तिमा पूजा आराधना गर्दै भक्तजन ।

शिवरात्रि पर्वका अवसरमा दाङको घोराही उपमहानगरपालिका–५, धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा पूजा तथा दूध चढाउँदै भक्तजन