टुँडिखेलमा सेना दिवसकाे राैनक (तस्बिरहरू)

टुँडिखेलमा सेना दिवसकाे राैनक (तस्बिरहरू)


काठमाडाैँ ।

विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिसहित काठमाडौंको टुँडिखेलमा २६१ औं सेना दिवस मनाइएको छ।

टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्।

सेनाले शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएका छन्।

नेपाली सेनासँगै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको सांगीतिक प्रस्तुति गरिएको छ। जंगीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो।

सेनाको सांठनिक स्वरूपको १८१९ सालदेखि सुरूआत भएको हो। संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ।

संयुक्त राष्ट्र संघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो। हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ५० हजार आठ सय ९१ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ।

कार्यक्रमका तस्बिरहरू :

 

नेपाली सेनाद्वारा शुक्रबार आयोजित ‘महाशिवरात्रि तथा २६१औँ सेना दिवस २०८० को अवसरमा टुँडिखेलमा फ्रि–फल गर्दै नेपाली सेना जवान
नेपाली सेनाद्वारा शुक्रबार आयोजित ‘महाशिवरात्रि तथा २६१ औँ सेना दिवस– २०८०’को अवसरमा टुँडिखेलमा थाल नृत्य प्रस्तुत गर्दै
नेपाली सेनाद्वारा शुक्रबार आयोजित ‘महाशिवरात्रि तथा २६१ औँ सेना दिवस– २०८०’को अवसरमा टुँडिखेलमा थाल नृत्य प्रस्तुत गर्दै कलाकार
नेपाली सेनाद्वारा शुक्रबार आयोजित ‘महाशिवरात्रि तथा २६१ औँ सेना दिवस– २०८०’को अवसरमा टुँडिखेलमा थाल नृत्य प्रस्तुत गर्दै