पशुपतिमा नागाबाबाहरुको बिन्दास पारा (फोटोफिचर)

पशुपतिमा नागाबाबाहरुको बिन्दास पारा (फोटोफिचर)


काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा अहिले महाशिवरात्री पर्वको रौनक छ । पशुपति मन्दिरमा दर्शन गर्नेहरूको भीड लागेको छ भने अर्कोतिर शिवरात्री मनाउन आएका बाबाहरूको दर्शन गर्नेको लहर छ ।
पशुपतिनाथ मन्दिरमा देश–विदेशबाट आएका , बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ । मन्त्रिर क्षेत्रमा बाबाहरू बिन्दास बनेर बसेका छन् । उनीहरुका थरीथरीका भेषभूषा र हाउभाउले आगन्तुक र दर्शनार्थीहरुलाई रोमाञ्चक बनाएको छ ।