इतिहासकै महङ्गो बन्यो सुनको भाउ

इतिहासकै महङ्गो बन्यो सुनको भाउ


काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको भाउ पुनः बढेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १ हजारले बढेको हो ।

शुक्रबार १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २६ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य नेपाली बजारमा इतिहासकै धेरै हो ।

आज तेजावी सुन १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदी पनि ५ रुपैयाँले बढेको छ । शुक्रबार १४ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।