शिवरात्रिमा पशुपति आएका साधुहरूकाे दक्षिणासहित बिदाइ

शिवरात्रिमा पशुपति आएका साधुहरूकाे दक्षिणासहित बिदाइ


काठमाडौं ।

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर आएका साधुसन्तलाई बिदाइ गरिएको छ । आइतबार पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधुसन्तहरुको बिदाई गरेको हो ।

कोष र गुठी संस्थानले शिवरात्रीमा आएका साधुसन्तहरुलाई वर्षेनी दक्षिणासहित बिदाई गर्दै आइरहेको छ । आइतबार पशुपतिनाथ परिसरबाट ६ हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

यसपाली महाशिवरात्रीका लागि पशुपतिनाथ दर्शन गर्न आएका साधुसन्तहरुलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित २ सयदेखि ९ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको हो ।

यसवर्ष साधुसन्तको बिदाइ र दक्षिणाका लागि करिब २० लाख रुपैयाँ छुट्टाइएको गुठी संस्थानले जनाएको छ।

बिदाइका तस्बिरहरू :