ललितपु-१० का पूर्ववडाध्यक्ष व्यञ्जनकारको निधन

ललितपु-१० का पूर्ववडाध्यक्ष व्यञ्जनकारको निधन


ललितपुर ।

ललितपुर महानगरपालिका–१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ।

८१ वर्षीय व्यञ्जनकारको उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा आज निधन भएको ललितपुर महानगरले जनाएको छ।

ललितपुर महानगरपालिका वडा नम्बर १० मा ११ औँ पटक स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उनी सर्वाधिक १० पटक अध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि हुन् । वडामा उनी धेरै समय काम गर्ने रुचाइएका जनप्रतिनिधि हुन्।

उनी २०२९ सालदेखि लगातार १० पटक वडाध्यक्ष निर्वाचित भएका थिए । तर, ०७९ को स्थानीय चुनावमा स्वतन्त्र उठेका नरसिंह आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भए ।