८ सयले बढ्याे सुनकाे भाउ

८ सयले बढ्याे सुनकाे भाउ


काठमाडौं ।

बुधबार घटेको सुनको भाउ बिहीबार बढेको छ ।

बुधबार तोलामा १ हजारले घटेको सुन आज तोलामा ८ सयले बढेको हो ।

हिजो १ लाख २५ हजारमा कारोबार भएको सुन आज १ लाख २५ हजार ८ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख २५ हजार २ सय कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ ५० रुपैयाँले बढेको छ । हिजो १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ सय १५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।