साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, सुन तस्करी प्रकरणबारे महत्त्वपूर्ण निर्णय हुनसक्ने

साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, सुन तस्करी प्रकरणबारे महत्त्वपूर्ण निर्णय हुनसक्ने


काठमाडाैँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री दाहालले शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सुन तस्करी प्रकरण छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

सचिवालय स्राेतका अनुसार सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्नका लागि बैठक बोलाएको हाे ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि देखाएको थियो ।

यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एआइजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको तयारी भएको छ। ।

मन्त्रिपरिषद् बैठकले यस विषयमा पनि निर्णय गर्ने सम्भावना रहेको छ ।