Logo
  • २ पुस २०८२, बुधबार / Wed Dec 17, 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

  • Logo
  • पूर्वाधार
    • यातायात
    • भवन
    • शहर/स्मार्ट सिटी
  • पालिका
    • गाउँपालिका
    • नगरपालिका
    • उपमहानगरपालिका
    • महानगरपालिका
  • जलस्राेत
    • ऊर्जा
    • सिँचाइ
    • खानेपानी
  • अर्थ-व्यवसाय
    • पर्यटन
    • उद्यम
    • सेयर
    • बैंक-वित्त
    • कर्पाेरेट
  • राजनीति
  • समाचार
  • बहस
  • म्यागजिन

विकास टाइम्स सर्च गर्नुहोस्

Logo
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वाधार
    • यातायात
    • भवन
    • शहर/स्मार्ट सिटी
  • पालिका
    • गाउँपालिका
    • नगरपालिका
    • उपमहानगरपालिका
    • महानगरपालिका
  • जलस्राेत
    • ऊर्जा
    • सिँचाइ
    • खानेपानी
  • अर्थ-व्यवसाय
    • पर्यटन
    • उद्यम
    • सेयर
    • बैंक-वित्त
    • कर्पाेरेट
  • राजनीति
  • बहस
  • म्यागजिन

म्याग्दीमा ८ सय ६५ भूमिहीन

म्याग्दीमा ८ सय ६५ भूमिहीन

विकास टाइम्स
५ चैत्र २०८०, सोमबार
21
Shares

म्याग्दी ।

म्याग्दीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन सकिएको छ । २ वर्ष समय खर्चिएर लगत सङ्कलन गरेको राष्ट्रिय भूमि आयोग म्याग्दीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

समितिले हालसम्म १ नगरपालिका र ५ गाउँपालिकामा ५६५ जनाको निवेदन सङ्कलन गरेको छ । बेनी नगरपालिकामा सबैभन्दा धेरै ३०४ जनाले निवेदन दिएको समितिका सदस्य सचिव तुलसीप्रसाद पौडेलले जानकारी दिए ।

साथै अन्नपूर्ण गाउँपालिकामा एक सय ३४, मङ्गला गाउँपालिकामा एक सय १५, धौलागिरि गाउँपालिकामा ६३ र रघुगङ्गा गाउँपालिकामा ३३ जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएको आयोगको भनाइ छ । स्थानीयतहले सार्वजनिक सूचना जारी गरी सङ्कलन गरेको निवदेनलाई राष्ट्रिय भूमि आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको सदस्य सचिव पौडेलले बताए ।

‘अन्नपूर्ण र मङ्गला गाउँपालिकाले पहिलो चरणको काम सकेर निवेदकको विवरणमा दाबी विरोधको प्रक्रिया अगाडि बढाएको छ भने अन्य पालिकामा प्राप्त कतिपय निवेदनमा कागजात नपुगेकाले काम अघि बढेको छैन’, सदस्य सचिव पौडेलले भने, ‘स्थानीयतहले जति छिटो प्रक्रिया अघि बढाउँछन, त्यति छिटो काम टुङ्गोमा पुर्‍याउन सकिन्छ ।’

जिल्लामा हालसम्म तथ्याङ्क सङ्कलनमै धेरै समय बितेको र स्थानीयतहलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरिएको आयोगका जिल्ला अध्यक्ष देवेन्द्र कामीले बताए । ‘अहिलेसम्म एउटा पनि निस्सा वितरण हुनसकेको छैन, पालिकाहरुले गर्ने प्रक्रिया पूरा गरेपछि हामी थप काम अघि बढाउछौँ’, उनले भने ।

जिल्लामा विसं २०४८ मा आयोग गठन भएपनि सुकुम्बासीको समस्या हालसम्म समाधान भएको छैन । नेपाल सरकारले गठन गरेका आयोग, समिति र कार्यदलबाट जग्गाको स्वामित्व दर्ता श्रेस्ता दिने सूचनाअनुसार २४१ निवेदन प्राप्त भएका छन् । त्यसमध्ये बेनी नगरपालिकामा ६४ र अन्नपूर्ण गाउँपालिकामा १७७ निवेदन परेका छन् ।

प्रतिक्रिया

अपडेट

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौँ । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

एमाले महाधिवेशन: नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

नेपाल-चीन आर्थिक सहकार्यमा जोड

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-चीन आर्थिक सहकार्य र लगानी

Logo

संकेत मिडिया प्रा.लि.

अनामनगर - काठमाडौँ ९८०१०५५१९९

समाचारका लागि-९८५१२८०२३७

[email protected]

विज्ञापनका लागि-९८५१०५५१९९

अध्यक्ष

शान्ति तिवारी

सम्पादक

शिव लम्साल

कार्यकारी सम्पादक

दीपक आचार्य सानुभाइ


  • सूचना विभाग दर्ता नं. : ५१५/०७४-०७५
  • हाम्रो टिम
  • हाम्रो बारेमा

©2025 Bikas Times सर्वाधिकार संकेत मिडिया प्रा.लि. | Designed & Devevloped by : Appharu